थाई नरेश भूमिबलको एक बर्षपछि अन्त्यष्टि, नेपालीले पनि श्रद्धान्जली दिए

Advertisement

बैंककः थाई नरेश भूमिबल आदुल्यादेजको अन्त्यष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड आइपुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत नरेश भूमिबलप्रति बैंककको राजदरबार नजिक रहेको राजगुम्बामा आयोजित विशेष कार्यक्रम श्रद्धाञ्जली व्यक्त गरे ।

राजा भूमिबलको पाँच दिने अन्त्यष्टि समारोह आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको आयोजनामा भएको उक्त कार्यक्रममा राजगुरु (रोयल मंक)को पनि उपस्थिति थियो । मन्दिरमा प्रार्थनापछि संघको टोलीले सानाम लुआङ्ग पुगेर श्रद्धाञ्जली दिएका हुन ।

श्रद्धाञ्जली सभामा नेपालीहरुले त्यहाँका चार शाही भिक्षुलाई ‘चिवर (भिक्षुको पवित्र वस्त्र)’ प्रदान गरिएको एनआरएनए अन्तर्र्रािष्ट्रय समितिका सदस्य खगेन्द्रराज ढकालले जानकारी दिए ।

राजा भूमिबलको गत बर्ष १३ अक्टोबर मा ८८ वर्षको उमेरमा निधन भएको होे । अन्त्यष्टिअघि उनको पार्थिव शरिर एक वर्षसम्म ग्रान्ड पलेसमा राखिएको थियो । भूमिबललाई त्यहींको बगैंचामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरियो ।

थाई मिडियाहरुका अनुसार एक करोड ९० मिलियन मानिसहरुले राजाको नाममा फुल चढाएका थिए । एक वर्षसम्म विश्वका नेता थाइल्यान्डमा पुगेर उनको पार्थिव शरिरमा फुल चढाएका थिए । नेपालकी राष्ट्रपति विद्या भण्डारीले पनि गत वैशाखमा बैंकक पुगेर माल्यार्पण गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement