बिटक्वाइन कारोबार गर्ने बिटसेवा डटकमका सञ्चालकहरु पक्राउ

Advertisement

काठमाडौंः इजाजतविना बिटक्वाइनको खरिद बिक्री गरेको भन्द्र प्रहरीले बिटक्वाइन डटकमका सञ्चालकहरु पक्राउ गरेको छ । बिटसेवा प्रालि नामक कम्पनी दर्ता गरे पनि नेपाल राष्ट्र बैंकबाट त्यसका लागि इजाजत नलिइ कारोबार गरिएकाले पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार राष्ट्र बैंक ऐनको बर्खिलाप हुनेगरी राष्ट्र बैंकबाट इजाजत नलिई बिटक्वाइन जस्ता वित्तीय उपकरण जारी गरी अबैध बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीको खरिद बिक्री गरेर विदेशी विनिमय समेत कारोबार गर्न अनलाइन प्रविधिको व्यापार गरेकाले पक्राउ गरिएको हो ।

यस कार्यमा संलग्न दुई जनालाई पोखरा र काठमाडौंबाट यही कात्तिक ७ र ८ गते पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा कास्की रामबजारका ३२ बर्षीय राम ढकाल (बिटसेवा प्रालिका अध्यक्ष), काठमाडौं असनका २७ बर्षीय पुरुषोत्तमधर तुलाधर (बिटसेवा प्रालिका कार्यकारी निर्देशक) छन् ।

Advertisement

Advertisement

Advertisement