अग्रता जोगाउन नसक्दा रियल पराजित, जिरोना २-१ ले विजयी

Advertisement

एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गतको गए राती भएको हेलमा रियल मड्रिड जिरोनासँग पराजित भएको छ । डिफेन्डिङ च्याम्पियनले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा जिरोनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियलले १२ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५४ मिनेटको खेलमा घरेलु टोलीका क्रिस्टियन स्टुवानीको गोलसँगै खेलमा जिरोनाले बराबरी गोल गर्यो । ५७ औं मिनेटमा जिरोनाकै क्रिस्टियन पोर्टूले टोलीका लागि दोस्रो गोल गरेपछि खेलमा २-१ को अग्रता लियो । त्यसपछिको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा जिरोनाले जित दर्ता गर्यो ।

हारसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा आठ अंकले पछाडी छ । बार्सिलोना लिगमा १० खेलबाट २८ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा अवस्थित भ्यालेन्सियाको समान खेलबाट २४ अंक छ ।

Advertisement

Advertisement

Advertisement