सिटी एक्सप्रेसको सातौं हप्ताका बिजेताहरु घोषित, बम्पर बिजेताले कार जित्ने

Advertisement

काठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफरले उत्सव एक्सप्रेस योजनाको सातौं हप्ताका बिजेताहरु घोषणा गरेको छ । कम्पनीले विद्युतीय गोलाप्रथामार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताको रुपमा शान्तादेवी दाहाल, आशोकुमार राजबंशी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, वीरेन्द्र धामी, गुलावीकुमारी देवी मण्डल र मसिनी तामाङ छनोट भएका छन् । त्यस्तै, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट भएकी छन् ।

विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसले दशैं तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको ९० दिनको यो उपहार योजनामा कम्पनीका उपभोक्ताले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार जित्न सक्छन् । । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement