उद्योगपति विनोद चौधरी यस पटक काँग्रेसको समानुपातिक सुचीमा

Advertisement

काठमाडौंः नेपालका खर्बपति व्यवसायीको रुपमा चिनिएका विनोद चौधरीलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा राखेको तथ्य खुलेको छ । फोब्स पत्रिकाको विश्वकै धनीहरुको सूचीमा परेका नेपालका एक मात्रै व्यवसायी चौधरीलाई यस पटक काँग्रेसले रोजेको हो ।

यसअघि पहिलो संविधानसभा निर्वाचनमा एमालेले उनलाई सभासद बनाएको थियो । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको समेत नाम समावेश गरेर पेश गरेको हो ।

Advertisement

Advertisement

Advertisement