नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर प्रस्ताब

Advertisement

काठमाडौंः नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजन भएपछि बैंकको शेयर मूल्य प्रतिकित्ता दुई सय ९६ रुपियाँ तोकिएको छ ।

यसकारण, सोमबार बैंकको कारोबार दुई सय ९६ रुपियाँलाई मानेर खुलेको छ । बैंकको औसत आधार मूल्य भने चार सय ३५ रुपियाँ हो । कम्पनिले मंसिर तीनमा हुने वार्षिक साधारण सभाको लागि सोमबारदेखि सभाको मितिसम्मको लागि बुक क्लोज गरिएको हो ।

बैंकले उक्त साधारण सभामा चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र तीन दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ । अहिले बैंकको चुक्ता पुँजी सात अर्ब २१ करोड ९० लाख ५९ हजार रुपियाँ रहेको छ । प्रस्तावित बोनस दिइसकेपछि बैंकको पुँजी आठ अर्ब आठ करोड ५३ लाख ४६ हजार रुपियाँ पुग्नेछ ।

गएको आर्थिक वर्षको चौथो त्रैमारमा बैंकले एक अर्ब २० करोड तीन लाख ८२ हजार नाफा कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement