एक बर्षमा टाटा टियागोको बिक्री आठसय भन्दा बढि

Advertisement

काठमाडौंः टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको टियागो नेपाली उपभोक्ताको रोजाईमा परेको जानकारी दिएको छ । विगत एक बर्षमा आठसय भन्दा बढि टाटा टियागोको बिक्री भएको कम्पनीले जानकारी दिएको छ ।

टाटा टियागो उपभोक्ताको रोजाईमा पर्नुको कारणमा सिप्रदीको यस्तो व्याख्या छः
कम मूल्यमा अधिक्तम विशेषताः
tata-tiago
टाटाका कारहरु खरिद गर्दा पैसाको साच्चै नै अधिकतम उपयोग हुने र त्यसमा पनि टाटा टियागोले यसलाई एक कदम अगाडी बढाएको छ । यो हयाचब्याक प्रिमियम देखिन्छ । तथापि पेट्रोल भर्जनको मूल्य २२ लाख ५५ हजारबाट सुरु हुन्छ । टियागोले उक्त मूल्यमा धेरै विशेषताहरु प्रदान गर्दछ ।

यसमा भएको कनेक्ट नेक्स्ट जेनेरेशन र आठ स्पीकर सिस्टम सहितको इन्फोटेन्मन्ट जस्ता विशेषताहरु त्यस्तै खालका गाडीहरुमा पाइदैन । यस गाडीमा जडित मल्टी ड्राइभको सुविधा केबल अरु उच्च दर्जाका गाडीमा मात्र पाइन्छ । यसैगरी टियागो २४० लिटरको सबैभन्दा बढी क्षमता भएको बुट स्पेसले पनि सम्पन्न छ ।

आकर्षक स्टाइलिङ (डिजाइन):
tata-tiagoटियागो स्वरुप आकर्षक भएकाले ग्राहकको मन जितेको छ । यस गाडीको रियर स्पोइलर, ठूलो हेडल्याम्प एवं पछाडीको ल्याम्पमा ब्ल्याक एसेन्टको अतुलनीय विशेषता छ । स्पोटी एवं क्लासी पनि देखिने टियागोको प्रमुख लक्षित गाहक युवाहरु हुन ।

न्युनतम इन्धन खपतः
tata-tiagoनेपाली बजारमा ग्राहकले नयाँ चार पाङ्गे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीहरुलाई बढी प्राथमिकता दिन्छन । टियागो आफ्नो श्रेणीमा सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हो । ८४ बीएचपी ११४ एनएमशक्ति प्रदान गर्ने १२ लिटर पेट्रोल इन्जिन भएको टियागोले प्रति लिटर २३ दशमलव ८४ किलोमिटर सुनिश्चित गर्दछ ।

Advertisement

Advertisement

Advertisement