गुल्मीमा माइक्रो दुर्घटना सात जनाको मृत्यु, छ घाइते

Advertisement

गुल्मीः बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ । छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराग द्धिबेदीले जानकारी दिए । माइक्रो बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।

दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उद्दार कार्यमा जुटिरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए । घाइतेहरुको अबस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना थिए । दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement