कति वर्षमा विहे गर्ने ? हाम्रो समाजमा विवाह किन जटिल बन्दैछ ?

Advertisement

विवाह मानव सृष्टिको निरन्तरताका लागि उमेर पुगेका पुरुष र स्त्रीको वैधानिक समागमको वातावरण हो । यसलाई संसारका विभिन्न समुदाय र समाजले विभिन्न शैलीमा अपनाएको र स्वीकार गरेको पाइन्छ । त्यसमध्ये हाम्रो पूर्वीय समाजले विवाहलाई व्यक्तिको १६ वटा कर्ममध्ये सबैभन्दा महत्वपूर्ण कर्मको श्रेणीमा राखेको छ । र यसलाई अति नै महत्व दिएर उल्लेख गरिएको छ । तर आजभोलि नेपाली समाजमा विवाह एउटा जटिल विषय बनेर खडा भएको छ । खासगरी शहरी र शहउन्मुख समाजमा विवाह योग्य पुरुष एवं स्त्रीको विवाह नभई रहेको यत्रतत्र देखिन थालेको छ । खासगरी हामी ज्योतिषीहरुले समाजका विभिन्न विषयलाई केलाउनुपर्ने भएकाले पनि होल,ा मैले हेर्दा समाजमा विवाहसँग सम्बन्धित विषय जटिल बन्दै गएको पाएको छु ।

Advertisement

यसले समग्र मानिसको जीवनलाई नै असन्तुलित बनाउन पुगेको छ भने व्यक्तिमा मानसिक असन्तुलत वा असन्तोष वा छटपटीको अवस्था सिर्जना गरिदिएको छ । यसको प्रभाव समाजमा दीर्घकालिनरुपमा पर्ने निश्चित छ । समाजलाई लयवद्ध बनाउँदै अघि बढाउन वैवाहिक जीवनको ठूलो महत्व हुन आउँछ । त्यसका लागि समयमा विवाह गर्नु वा हुनु अति नै अनिवार्य छ । विवाहका लागि कुन उमेर र अवस्था सवै भन्दा उपयुक्त हो त ?
शास्त्रीय हिसावले हेर्दा पनि कन्यादान अर्थात आफ्नो घरकी कन्याको समयमा विवाह गरि दिएमा ठूलो पुण्य हुने उल्लेख छ । सँगै, विवाह योग्य वरको विवाह गरिदिँदा पनि पुण्य प्राप्त हुने नै भयो । समाजमा गुरुकुल शिक्षा पद्धति कायम रहँदाका समयमा हेर्ने हो भने सामान्यतया ७ वर्षदेखि माथि लागेपछि शिक्षा आर्जनका लागि घर छोडेर गुरुकुलमा जाने परम्परा रही आएको थियो ।
गुरुकुलमा रहेर आधारभुत शिक्षा लिएपछि आर्युवेद, युद्धकला, इन्जिनियरिङ्ग, कृषि, ज्योतिष, कर्मकाण्ड, शिक्षण, प्रशासन लगायतका विषयमा विशेज्ञता हासिल गरि पुनः समाजमा नै फर्केर गृहस्थाश्रममा रहि जीवन बिताउने चलन रही आएको हो । यस्तोमा गुरुकुलमा अध्ययन गर्न गएका कुनै पनि चेलाले गृहस्थाश्रम जीवन धारण नगरि ब्रम्हचर्य रहन चाहेमा उ ब्रम्हचारी हुने र अन्यले गृहस्थ जीवन नै बिताउने अभ्यास रही आएको थियो । अर्थात गुरुकुलमा अध्ययनमा जाने सबैले गृह त्याग गरी योगी जीवन बिताउने भन्ने चाँही होईन ।यसरी गुरुकुलमा अध्ययन गर्दा विद्यार्थीले आ–आफनो शैक्षिक क्षमता अनुसार पूर्वमध्यमा अर्थात माध्यामिक, उत्तरमध्यमा अथवा आइए, शास्त्री अथवा स्नातक, आचार्य अथवा स्नातकोत्तर, परास्नातक अर्थात पीएचडी गर्ने गर्दथे । यसरी औसतमा एउटा चेला अर्थात विद्यार्थीले औसत पढाई सक्दा २४ देखि २५ वर्ष भइसकेको हुन्छ । र दुई वर्ष भित्रमा आफूले अध्ययन गरेको विषयको क्षेत्रमा समाजमा काम थाल्दा स्थापित हुने वा पेशागत संरचनामा लम्कने अवधि रहने गथ्र्याे । र, यही समय भित्रमा वैवाहिक जीवनमा प्रवेश गर्ने वातावरण तयार हुन्थ्यो । अधिकांश वा भनौ लगभग सबै यही सतत प्रणालीमा वैवाहिक जीवनमा प्रवेश गर्ने गर्दथे ।अब यसलाई आधुनिक शिक्षा प्रणाली र उमेरसँग विश्लेषण गरि हेरौं । औसतमा १६ देखि १७ वर्षमा एसएलसी, १८ देखि १९ वर्षमा दश जोड दुई अध्ययन पुरा भइसक्छ । यसरी हेर्दा औसत विद्यार्थीले २४ देखि २५ वर्ष भित्रमा स्नातकोत्तर गरिसक्छ । यो उमेरमा स्नातकोत्तर पुरा गरेको व्यक्तिले पेशागत जीवन अर्थात करियर थालनी भइसक्छ । यस अवधिलाई दुई वर्षको समय छुट्याए पनि २६ देखि २७ वर्ष हुन आउँछ । त्यसैले २५ वर्षदेखि अधिकतम ३० वर्ष भित्रमा विवाह गर्नु अहिलेको आधुनिक कालमा पनि वैज्ञानिक ठहरिन आउँछ ।तसर्थ, पूर्वीय दर्शनबाट निर्देशित र सांस्कृतिक जीवनमा चलेको नेपाली समाजले अपनाउँदै आएको वैवाहिक जीवन प्रवेशको वैज्ञानिकतालाई नकार्नुपर्ने कुनै आधार नै छैन । यसको विपरित आधुनिकताले थपिदिएको गलत धारणाबाट प्रभावित हुँदा अहिलेको समयमा समाजमा विवाह अत्यन्त जटिल विषय बन्न पुगेको छ । प्रायजसो हरेक घरमा कुनै कुनै पारिवारिक सदस्यको विवाहका विषयलाई लिएर पुरै परिवारमा तनाव सिर्जना भएको देखिन्छ । जसका कारण उक्त परिवारमा सन्तोष र खुशी हरण हुन पुगेको छ । त्यति मात्र होइन अविवाहित रहन पुगेको व्यक्ति स्वयम मानसिक तनावमा फस्ने र समग्र परिवारको उत्पादकत्व खत्तम हुने स्थिति आउने गरेको छ । साथै, ढिलो विवाह गर्दा प्रजन्न क्षमता गुम्ने हुँदा या त सन्तान नै नहुने, भएमा कमजोर हुने समस्या थपिन पुगेको छ ।सन्तुलित जीवनका लागि सही उमेरमा विवाह गर्नेबारे अत्यन्त वैज्ञानिक हिसावले मनुस्मृति, धर्म सिन्धु लगायतका ग्रन्थमा चर्चा गरेको पाइन्छ । यस विज्ञानको पद्दति वा संस्कृति टुट्न पुग्दा अहिलेको समाजमा विवाह जटिल बन्दै समस्याका रुपमा खडा हुन पुगेको हो ।कतिपय व्यक्तिमा परिवार र समाजका अवयवहरुले विवाहको महत्व दर्शाउँदै विवाहका लागि उत्प्रेरणा भर्दा पनि अघि नबढ्ने प्रवृत्ति देखा परेको छ । उनीहरुमा विवाह गरेमा प्रगति रोकिने अत्यन्त गलत धारणा मौलाएको पाइन्छ भने कतिपय व्यक्ति विवाह प्रति संवेदनशील बन्दा बन्दै पनि विभिन्न परिस्थितिका कारण यस दलदलमा फस्ने गरेको पाइन्छ ।समाजमा लोक लयमा भनिने एउटा उक्तिले विवाहको महत्व निकै दर्शाएको छ । विवाहयोग्य उमेरमा पुगेका युवा युवतीलाई विवाहतर्फ अघि बढ्न भन्ने गरिन्छ – भ्याकुताको धार्नी पुग्दैन । अर्थात तिमी पनि सर्वगुण सम्पन्न होइनौ र कहिल्यै हुने छैनौ, तसर्थ विवाहलाई महत्वमा राख र आफूअनुसार योग्य रहने पात्रसँग विवाहको सम्झौता गर ।ज्योतिष विद्यामा विवाहलाई अति नै गहिरो गरि सुक्षमस्तरमा अध्ययन गर्ने गरिन्छ । कतिपय व्यक्तिका योगहरु विवाह ढिला हुने परेका हुन्छन भने कतिपयका विवाह छिटो हुने योग परेको हुन्छ । कतिपय व्यक्तिका वैवाहिक जीवन सुखमय रहने योग सिर्जित भएको हुन्छ भने कतिपयकोमा वैवाहिक जीवनमा सुख नहुने अवस्था रहेको हुन्छ । यसबारे म अर्काे लेखमा विस्तृत चर्चा गर्ने छु । क्रमशः

(पन्त, दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन । सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement