'सबै अटने देश सबैलाई जोडने काँग्रेस' भन्दै काँग्रेसले सार्वजनिक गर्यो घोषणापत्र

Advertisement

काठमाडौंः गएको संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आगामी संघीय र प्रदेशसभा निर्वाचनको लागि आफ्नो राजनीतिक विश्लेषण र आर्थिक विकासको योजनासहितको पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

काँग्रेसले वामपन्थी दलहरुको गठबन्धनप्रति तिखो आलोचना गर्दै यसलाई सत्ता स्वार्थको संज्ञा दिएको छ । काँग्रेसले घोषणापत्रमा माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादी पार्टी र एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक भएको आरोप लगाएको छ ।

काँग्रेसले घोषणापत्रमा मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेस र मधेसी जनताको पक्षमा आफ्नो पार्टीले खेल्दै आएको भूमिको चर्चा गरेको छ । मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको भन्दै काँग्रेसले एमालेको राष्ट्रवादलाई विश्वास नगर्न आग्रह गरेको छ ।

काँग्रेसकै पहलमा द्धन्द्धबाट शान्ति प्रक्रियामा अवतरण गरेको पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको भन्दै उसले माओवादीलाई विश्वास गर्न अयोप्य पार्टीको रुपमा चित्रण गरेको छ ।

आर्थिक समृद्धि, जलस्रोतको विकास, रोजगारी सिर्जना, पर्यटन विकास, युवा उद्यमशीलताको विकास, कृषिको आधुनिकीकरण जस्ता आर्थिक विकासको एजेण्डा अघि सारेको काँग्रेसले सबै अटने देश सबैलाई जोडने काँग्रेस भन्दै नारा प्रस्तुत गरेको छ ।

Advertisement

Advertisement

Advertisement