पारस खडका कलश सिमेन्टको ब्राण्ड एम्बेस्डर नियुक्त

Advertisement

काठमाडौंः कलश सिमेन्टको ब्राण्ड एम्बेस्डरमा नेपाली क्रिकेटका राष्ट्रिय कप्तान पारस खडका पुनः नियुक्त भएका छन् । उनी थप तीन वर्षका लागि उक्त सिमेन्टको ब्राण्ड एम्बेस्डर नियुक्त भएका हुन ।

कलश तथा कलश गोल्ड ब्राण्डका सिमेन्ट श्री सिमेन्ट इण्डष्ट्रिज बीरगञ्जद्वारा उत्पादित सिमेन्ट ब्राण्ड हुन् । करिब १२ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको यस कम्पनीले हाल कलश ओपीसी र कलश गोल्ड पीपीसी सिमेन्टको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

नयाँ लेमिनेटेड ब्याग सहितको कलश सुपरसेट ओपीसी सिमेन्ट अव छिटै बजारमा ल्याउने तयारी भइरहेको छ । यी तीन वटै उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् ।

साथै, निकट भविश्यमै कलश पीएससी स्ल्याग सिमेन्ट उत्पादनको तयारी भइरहेको कम्पनीले जनाएको छ । कलश ब्रान्डका सिमेन्ट चितवन, मकवानपुर, काठमाडौं, जनकपुर, सिरहा, धरान, झापालगायतका स्थानहरुमा उपलव्ध छन् ।

Advertisement

Advertisement

Advertisement