ट्रक प्रयोग गरी आइएसद्वारा अमेरिकाको म्यानह्याटनमा आठको मृत्यु

Advertisement

सिएनएन: अमेरिकाको म्यानह्याटनको ट्रेड टावर नजिक बुधबार एक ट्रक ड्राइभरले साइकलको लेनमा आफुले चलाएको ट्रक जानी जानी लाग्दा आठ जनाको मृत्यु भएको छ भने करिव दर्जन जति घाइते भएका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरुले यस कार्यलाई आतंकवादी हमला भएको बताएका छन् किन भने पक्राउ परेका २९- वर्षीय ट्रक ड्राइभरबाट आइएस सम्बद्ध नोट फेला परेको बताएका छन् ।

उनले उक्त ट्रक भाडामा लिएर घटना घटाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना गराउने व्यक्तिको नाम उज्बेक्किस्तानका नागरिक र अमेरिकामा बिगत १० वर्षदेखि बसोवास गर्दै आएका स्यफुल्लो हबिबुल्लाभिक साइपोभव रहेको पुष्टी भएको छ ।

न्युयोर्कका मेयर बिल डे वासियोले भनेका छन् यस कार्य एक आतंककारी हमलाको पराकाष्टा भएको हो ।

 

Advertisement

Advertisement

Advertisement