नेप्सेमा अव विकास बैंक र लघुवित्त समूहका अलगअलग कारोबार

Advertisement

काठमाडौं : नेपाल स्टक एक्सचेन्जले बुधबारबाट विकास बैंक र लघुवित्त कम्पनीको सूचक छुट्टाछुट्टै समूहमा राखेर गणना गर्ने व्यवस्था लागु गरेको छ ।

नेप्सेले दुवै समूहका कारोबार छुट्टा छुट्टै समूहमा राखेर सुरु गरिएको जानकारी दिएको हो ।

साविकका विकास बैंक समूहमा रहेका ७१ वटा कम्पनीमध्ये ३३ वटा वित्तीय संस्थालाई अलग परिसूचकमा राखेर कारोबार थालिएको नेप्सेले जनाएको छ ।

हरेक वर्ष नयाँ लघुवित्त कम्पनीहरुल नेप्सेमा सुचिकृत हुँदै आएका छन् । विकास बैंक समूहमा रहेका कम्पनीमध्ये झन्डै आधा लघुवित्त कम्पनीहरु छन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति पाएका विकास बैंक र ‘घ’ वर्गको लघुवित्त कम्पनीलाई एउटै समूहमा राखेर कारोबार गर्नु हुँदैन भन्ने माग लगानीकर्ताले धेरै अघिदेखि उठाउँदै आएका थिए ।

नेप्सेले असोज २९ गते नै लघुवित्त समूहका सूचीकृत कम्पनीहरुको सूचक मापन गर्ने अलग परिसूचक निर्माण गर्ने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement