जनता बैंकमा संचालक रहेका न्यौपानेबाट जफत गरिएका ८५ हजार कित्ता शेयर लिलामी बिक्रीमा

Advertisement

काठमाडौं: जनता बैंकले सर्वसाधारण समूहको ८५ हजार १ कित्ता शेयर बुधबारबाट बिक्री खुला भएको छ । बैंकले गुरुप्रसाद न्यौपानेबाट जफत गरेको ८५ हजार १ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

केही समय अघि बैंकका पूर्व सञ्चालक रहेका बेला गैरकानूनी हिसाबले श्रीमतीको नाममा शेयर किनेको ठहर गर्दै उक्त शेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार जफत भएको शेयर बैंकले लिलामीमा ल्याएको हो । यो शेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर निवेदन गर्नुपर्नेछ ।

हाल बैंकको बजार मूल्य भने प्रतिकित्ता २५३ रुपियाँ छ । यसमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक २१ गते तोकिएको छ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, काठमाडौं प्लाजा कमलादीमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र कात्तिक २२ गते बिहान १२ बजे काठमाडौं प्लाजा, कमलादीमा खोलिनेछ ।

 

Advertisement

Advertisement

Advertisement