एनआईसी एशियाको पहिलो त्रैमासको खुद मुनाफा २७ करोड माथि

Advertisement

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ६ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ।

उसले २७ करोड ८६ लाख रुपियाँ कमाउन सफल भएको छ । गत वर्ष सोहि अवधिमा उसको मुनाफा २६ करोड १० लाख थियो ।

हाल बैंको चुक्ता पूँजी आठ अर्व तीन करोड ११ लाख रुपियाँ रहेको छ। बैंकको जगेडाकोषमा दुई अर्ब ३६ करोड २६ लाख रुपियाँ छुट्याएको छ।

बैंकको निक्षेपमा पनि ४३ दशमलव ०५ प्रतिशतले वृद्धि भई एक खर्ब ३ अर्ब ६५ करोड ३५ लाख रुपियाँ संकलन भएको छ भने ८६ अर्ब ७४ करोड १९ लाख रुपियाँ कर्जा लगानी गरेको छ।

त्यस्तै, बैंकको खुद व्याज आम्दानीमा छ दशमलव ४२ प्रतिशतले बृद्दी भई ५९ करोड ६९ लाख रुपियाँ पुगेको छ। बैंकको प्रोभिजनमा १८ करोड १४ लाख रुपियाँ राखेको छ भने ६ करोड ८ लाख रुपियाँ खराबकर्जा उठाएको छ ।

अहिले बैंकको जोखिम युक्त सम्पति १२ दशमलव ०८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव २९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ दशमलव ८८ रुपियाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपियाँ र तरलता अनुपात २२ दशमल ३८ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement