काठमाडौं: नेपाल आयल निगमले एलपी ग्याससहित पेट्रोलियम पदार्थको बुधाबर मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय स्वचालित मूल्य प्रणाली अन्तर्गत बढाएइ जनाएको हो ।
नयाँ कायम गरिएको मूल्य अनुसार अव पट्रोल प्रतिलिटर १०० रुपियाँ पर्ने छ जसमा प्रति लिटर दुई रुपियाँ बढेको, आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
यता, डिजेल र मट्टितेल लिटरको ७५ रुपियाँ ५० पैसा कायम गरिएको छ भने एलपीजी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपियाँ बढाएर १३५० पुर्याइएको छ ।
प्रबक्ता गोइतका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको र सोहि अनुसार स्वचालित मूल्य प्रणाली अनुसार आजको ठाउँ बढेको हो ।
त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ ।
निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।