प्रधानमन्त्री देउवाको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदै

Advertisement

काठमाडौँ: निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले विहिबार आपूर्ति मन्त्रालयलाई सो निर्णय तुरुन्त फिर्ता लिन लगाएका छन् ।

नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

प्रधानमन्त्री देउवाले मूल्यवृद्धि फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएका हुन् । लगतै मन्त्री चन्दले आयल निगमलाई मूल्यवृद्धि फिर्ता गर्न पत्र लेखेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अहिले यस वारे निर्णय गर्न आयल निगमको आकस्मिक बैठक बसिरहेको छ ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको थियो। एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपियाँ बढाइएको थियो । मन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने भएको छ।

 

Advertisement

Advertisement

Advertisement