रियलबिरुद्द टोटनह्यामको सानदार जित, रियल ३-१ ले पराजित

Advertisement

एजेन्सीः युइएफा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिडलाई पराजित गर्दै टोटनह्याम नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियलविरुद्द टोटनह्यामले ३-१ गोलको सानदार जित हात पारेको हो ।

वेल्बलीमा भएको खेलमा २७ औं मिनेटमा डेल अलीको गोलबाट टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । ५६ औं मिनेटमा अलीको दोस्रोगोलको मद्दतले टोटनह्यामको अग्रता दोब्बर भयो । एरिक्सनले ६५ औं मिनेटमा गोल गर्दै ३१ गोलको जित सुनिश्चीत पारे । रोनाल्डोले खेलको ८० औं मिनेटमा रियलका लागि गोल गरेपनि टोली हार बाट जोगिन सकेन ।

प्राप्त जितपछि टोटनह्यामको ४ खेलबाट १० अंक भएको छ भने रियलको सम्मान खेलबाट ७ अंक छ । बोरुसिया डर्टमुन्ड र निकोसिआको समान २–२ अंक छ ।

Advertisement

Advertisement

Advertisement