पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

Advertisement

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशन पछि फिर्ता भएको छ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाएको थियो भने आजैदेखि पुनः पहिलेकै मूल्य कायम गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको निर्देशन दिएपछि विहिबार बिहान बसेको निगम सञ्चालक समितिको बैठकले दश बजेदेखि लागू हुनेगरी बढेको मूल्य फिर्ता लिइ पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको गॊइतले बताए ।

Advertisement

Advertisement

Advertisement