एनएमबिको चालु आर्थिक वर्षको मुनाफा २७.६१ प्रतिशतले वृद्दि

Advertisement

काठमाडौंः एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख ५३ हजार रुपियाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको सोही त्रैमासको तुलनामा २७ दशमलव ६१ प्रतिशतले बढि हो ।

गत वर्ष एनएमबिले ३५ करोड ३६ लाख ८५ हजार रुपियाँमात्र खुद नाफा गरेको थियो । तर बैंकको खुद ब्याज आम्दानी भने दुई दशमलव ५६ प्रतिशतले घटेर ६१ करोड ७० लाख ७२ हजार रुपियाँमा सीमित भएको छ । गत वर्ष एनएमबिले ६३ करोड ३२ लाख ९२ हजार रुपियाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । निक्षेप रकम ६५ अर्बबाट बढोत्तरी गरेर ७१ अर्ब ९४ करोड ९७ लाख ७० हजार रुपियाँ पुगेको यस बैंकले ६२ अर्ब ८७ करोड ५२ लाख ९५ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।

एक वर्षको अन्तरालमा बैंकको चुक्ता पुँजी भने १९ प्रतिशनले वृद्धि भएर छ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपियाँ पुगेको छ । यस्तै, बैंकको रिजर्भ कोषमा पनि चार अर्ब ६७ करोड ६७ लाख ५४ हजार रुपियाँ जम्मा भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement