काठमाडौं जिल्लाको लागि मनोनयनपत्र कहाँ-कहाँबाट दर्ता हुँदैछन् हेर्नुहोस्

Advertisement

काठमाडौं: काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि पाँच ठाउँबाट मनोनयन दर्ता कार्य अहिले चलिरहेको छ।

निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को उम्मदेवारी दर्ता राष्ट्रिय सभागृहबाट हुँदै छ ।

निर्वाचन क्षेत्र नम्बर ५ र ७ को मनोनयन दर्ता थापागाउँस्थित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यालयबाट हुनेछ ।

निवार्नचन क्षेत्र नम्बर ६ को मनोनयन दर्ता बबरमहलस्थित काठमाडौं जिल्ला समन्वय समितिको कार्यालयमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ८ को मनोनयन दर्ता बबरमहलकै भू तथा जलाधार संरक्षण विभाग वन परिसरमा चलिरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर १० को मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु पनि मनोनयन दर्तास्थलमै खडा गरिएका छन् ।

Advertisement

Advertisement

Advertisement