तिब्बतबाट भित्रिएको १७ किलो सुनसहित एक युवक पक्राउ

Advertisement

लमजुङः प्रहरीले लमजुङमा सुन सहित एक युवकलाई पक्राउ गरेको छ । करिब १७ किलोको उक्त सुन मोटरसाइकलमा लुकाएर ल्याउदै गरेका ती युवावलाई प्रहरीले मस्र्याङ्दी गाँउपालिकाबाट प्रक्राउ गरेको हो ।

सुनलाई झोलामा बोकेर मोटरसाइकलमा आइरहेका उनी चेकिङका क्रममा पक्राउ परेका हुन । चेकिङमा भागेपछि प्रहरीले युवालाई खुदी बजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मनाङको नासोङ गाउँपालिकाका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरेको हो ।

उनले सुन बोक्न प्रयोग गरेको बा ५८ प ४२९१ नं को मोसा समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुन तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement