रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको आह्वान, भृकुटीमण्डपमा विशेष शिबिर सुरु

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम हुन नसक्दा मुलुकभर रगतको अभाव भएको भन्दै रक्तदान गरिदिन सबैसँग आग्रह गरेको छ ।

हालै दशैं, तिहार र छठ जस्ता चाडपर्व परेकोले नियमितरुपमा हुने रक्तदान कार्यक्रम हुननसकेकोले देशमा रगतको अभाव देखिएको भन्दै रेडक्रसले रगत अभावलाई हटाउन रक्तदाता र विभिन्न संघ संस्थाहरुलाई अपिल गरेको हो ।

हाल देखिएको रगतको अभावलाई हटाउन र रगतको सहज व्यवस्थापन गर्नको लागि भृकुटीमण्डपमा विशेष रक्तदान शिविर संचालन गरी रगत संकलन गर्ने काम भइरहेको नेपाल रेडक्रसका रक्तसञ्चार केन्द्रका डेपुटी डाइरेक्टर डा. प्रकाश यादवले बताए ।

उक्त शिविरमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म रक्तदान गर्न सकिन्छ । देशमा बाढि पहिरो, भूकम्प तथा अन्य प्राकृतिक प्रकोप आइपर्दा मानवीय सहयोगमा लाग्दै आएको नेपाल रेडक्रासले करिव ५२ वर्ष अगाडिदेखि नै देशमा रगतको अभाव भएको समयमा विभिन्न क्याम्पह्रु संचालन गरी रगत संकलन गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय कार्यालय काठमाडौं, क्षेत्रीयस्तरमा पोखरा, विराटनगर, नेपालगञ्ज र चितवन तथा २१ वटा रेडक्रस सोसाइटीका जिल्ला शाखाहरु, २५ वटा अस्पताल र १७ वटा इमरजेन्सीमार्फत आवश्यक रगत संकलन गर्दै आएको छ । यसबाहेक देशमा अति अभाव भएको अवस्थामा विभिन्न स्थानहरुमा विशेष क्याम्पहरु संचालनगरि रगत संकलन गरिने गरेको छ ।

Advertisement

Advertisement

Advertisement