नब्बे घण्टा लामो टक–शो गरेर नयाँ रेकर्ड बनाउने पत्रकार आचार्यको घोषणा

Advertisement

काठमाडौंः एक कान्छो पत्रकार सुजन आचार्यले ९० घण्टा लामो टक–शो गरेर नयाँ रेकर्ड बनाउने घोषणा गरेका छन् । यसअघि रवि लामिछानेले बनाएको लामो टेलिभिजन टक–शो तोड्दै आचार्यले नयाँ रेकर्ड बनाउने घोषणा गरेका हुन ।

लामिछानेले सन् २०१३ को अप्रिलमा सबैभन्दा लामो टिभी टक–शो आयोजना गरेर वल्र्ड रेकर्ड कायम गरेका थिए । उनले नेपालको न्यूज टेलिभिजनमार्फत टक–शो चलाएका थिए । आचार्यले बिहीबार पत्रकार सम्मेलन गरी आफूले लामिछानेको रेकर्ड तोड्न लागेको बताएका हुन ।

आचार्यले आउने वर्षको अप्रिल १४ देखि १७ सम्म टक–शो आयोजना गर्ने जनाए । उनी ‘अन एयर’मा लगातार ९० घण्टासम्म बस्नेछन् । जबकी लामिछानेको नाममा ६२ घण्टाको रेकर्ड छ । यद्यपी आचार्यले कुन टेलिभिजन च्यानलबाट टक–शो चलाउने भन्नेबारे अहिले नै कुनै निधो नभइसकेको बताए ।

Advertisement

Advertisement

Advertisement