काठमाडौं र इटहरीमा रेस्लिङ हुँदै, आठ देशको सहभागिता रहने

Advertisement

काठमाडौंः डिसहोम र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कार्तिक २५ गते र २७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा कार्तिक २५ गते र इटहरीको ठुलो जनता माविमा कार्तिक २७ गते हुने रेस्लिङमा आठ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ ।

अमेरिकाका प्रोरेस्लिङगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यानले सहभागिता पक्का गरिसकेको आयोजकको भनाई छ ।

नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लरद्धय सोफी र दिलासाको सहभागिता रहनेछ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले प्रतियोगिताका खेलहरु खेलाउनेछन् । रेस्लिङप्रेमी दर्शकहरुले प्रतियोगितास्थल मै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ–सेवाको कुनै पनि काउन्टरबाट वा मेरोसेवा डटकमबाट टिकट लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement