माछापुच्छ्रे र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिटान्स सम्झौता, हुण्डी कारोबार घट्ने

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच विप्रेषण (रेमिट्यान्स) सम्झौता भएको छ । कोरियाबाट नेपालमा रेमिटान्स भित्राउने वैधानिक माध्यम न्यून रहेको बेला यी दुई संस्थाबीच सम्झौता भएको हो ।

वैधानिक माध्यमहरु न्यून हुँदा हजारौंको संख्यामा रोजगारीका लागि कोरियामा रहेका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउन बाध्य हुँदै आएका छन् । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालयका भएको सम्झौतामा उक्त बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रेका नायब महाप्रबन्धक सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले उक्त रेमिट्यान्स सेवाको उद्घाटन गरेका थिए । सम्झौता अनुरुप दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट पठाइएको रकम माछापुच्छ्रे बैंकका ६२ शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखारहित सेवामार्फत प्राप्त गर्न सकिने छ ।

माछापुछ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमालगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement