मेगा र हिमालयनको नाफा ह्वात्तै घट्यो, एनएमबीको निराशाजनक, प्राइम र एनआइसीको उत्साहजनक

Advertisement

काठमाडौंः चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मेगा बैंक र हिमालयन बैंकको नाफामा भारी गिरावट भएको छ । गत बर्षको सोही अवधिको तुलनामा मेगाको २० प्रतिशतले र हिमालयन बैंकको ११ दशमलव ९७ प्रतिशतले नाफा घटेको हो ।

गत बर्ष असोजसम्म २९ करोड १० लाख रुपियाँ नाफा गरेको मेगा बैंकको नाफा यस बर्ष असोजसम्म २३ करोड २८ लाखमा सीमित भएको छ भने गत बर्ष असोजसम्म ७३ करोड ६९ लाख रुपियाँ मुनाफा आर्जन गरेको हिमालय बैंकले यस बर्ष असोजसम्म जम्मा ६४ करोड ८७ लाख रुपियाँ मात्रै नाफा गरेको छ ।

त्यस्तै, एनएमबी बैंकको नाफाको स्थिति निराशाजनक देखिन्छ । उक्त बैंकले गत बर्ष पहिलो त्रैमासको तुलनामा यस बर्ष सोही अवधिमा जम्मा एक दशमलव ९१ प्रतिशत मात्रै नाफा बढाएको छ । त्यो भनेको जम्मा एक करोड मात्रै नाफा वृद्धि हो ।

नाफा राम्रो गर्नेमा प्राइम बैंक, एनआइसी एसिया बैंक, जनता बैंक अगाडि छन् । प्राइम बैंकको नाफामा ४२ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ भने एनआइसीले २९ दशमलव ३४ प्रतिशतले र जनता बैंकले २८ दशमलव ४० प्रतिशतले नाफा बढेको छ ।

त्यस्तै, उक्त अवधिमा नविल बैंकको नाफामा पाँच दशमलव ८४ प्रतिशतले मात्रै वृद्धि भएको छ भने एभरेष्ट बैंकको आठ दमलव ८४ प्रतिशतले, सानिमा बैंकको १५ दमलव ९६ प्रतिशतले, सिटिजन्स बैंकको १५ दशमलव १९ प्रतिशतले नाफा वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement