कोरियाको सिओलमा पर्यटन प्रवद्र्धन कार्यक्रम

Advertisement

काठमाडौंः नेपालमा कोरियाली पर्यटकको आगमनमा वृद्धि तथा लगानी आकर्षण गराउने उद्देश्यले नेपालस्थित कोरियाली दूतावास, नेपाली दूतावास कोरिया, नेपाल कोरिया चेम्बर अफ कमर्स, गैरअवासीय नेपाली संघ कोरिया, कोरियन एयरलान्स र नेपाल पर्यटन बोर्डको सहकार्यमा होटल संघ नेपालले शुक्रबार सिओलमा नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गरियो ।

नेपालस्थित कोरियाली राजदूत पार्क योङ सिक प्रमुख अतिथि रहेको कार्यक्रममा कोरियाली सरकारी अधिकारी, ट्राभल एजेन्ट, गैरआवासीय नेपाली सहभागी थिए । राजदूत सिकले यस किसिमको प्रवद्र्धनात्मक कार्यक्रमबाट कोरियाली पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भई लुम्बिनी लगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमण गर्नसक्ने बताए ।

कोरियास्थित नेपाली दूतावासका डीसीएम किरण शाक्य, होटल संघ नेपालका महासचिव विनायक शाहलगायतले यस किसिमको कार्यक्रममा दुई देशीय सम्बन्ध विस्तारमा टेवा पुग्ने भन्दै नेपाल कोरियाबीच पर्यटन प्रवद्र्धनको प्रशस्त सम्भावना रहेपनि यसको विकास हुन नसकेको बताए ।

हाल वार्षिक २५ हजार कोरियाली पर्यटकले मात्रै नेपाल भ्रमण गर्ने गरेकामा आगामी वर्ष कम्तिमा यसलाई बढाएर एक लाख पुर्याउने लक्ष्य राखेको शाहले बताए । नेपाली प्रतिनिधिले कोरियाली व्यापार संगठनका पदाधिकारीसँग भेट्नुका साथै किनटेक्स एक्जिविशन सेन्टरमा आयोजित जिपेयर कोरियाको अवलोकन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement