विशेष अदालतबाट भ्रष्टाचारी ठहर गोविन्दराज जोशीको निर्वाचन आयोगद्धारा उम्मेदवारी खारेज

Advertisement

काठमाडौंः निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो । सोही सम्बन्धमा आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचिन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

जोशीविरुद्ध कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए । २०६९ साल साउन १० गते विशेष अदालतले डेढ बर्ष कैद र चार करोड ३२ लाख रुपियाँ सजाय सुनाएको थियो । गृह र शिक्षा मन्त्री हुँदा करोडौं भ्रष्टाचार गरेको आरोप लागेपछि जोशी वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध आलोचना र प्रचार गर्न प्रस्तुत हुँदै आएका थिए ।

Advertisement

Advertisement

Advertisement