बैंक अफ काठमान्डूको मुनाफा १७ प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमान्डूले २२ करोड ४० लाख ४६ हजार खुद नाफा कमाएको छ । जुन गत अर्थिक वर्षको तुलनामा १७ दशमलव ३१ प्रतिशतले कमि हो । गत वर्षको सोहि अवधिमा बैंकले २७ करोड नौ लाख ७४ हजार रुपियाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा कमि आएको छ । गत वर्ष ६२ करोड ५० लाख ६ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको बैंकको चालु आवको पहिलो त्रैमासमा आठ दशमलव २१ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी ५७ करोड ७९ हजार रुपियिाँ रेहेको छ । बैंकले निक्षेप तर्फ ६९ अर्ब १५ करोड नौ लाख ८६ हजार रुपियाँ संकलन गरेको छ । जुन गत वर्षको तुलनामा सुन्य दशमलव २५ प्रतिशतले कमि हो ।

बैंकमा कर्जा लगानी भने गत वर्षको तुलनामा एक दशमलव ३८ प्रतिशतले बढेको छ । गत वर्ष ६१ अर्ब ४७ करोड ६३ लाख ३८ हजार रुपियाँ कर्जा लगानी गरेको बैंकको चालु आवको पहिलो त्रैमाससम्ममा ६२ अर्ब ३२ करोड ८० लाख ६७ हजार रुपियाँ कर्जा लगानी छ । बैंकको चुक्ता पुँजी पाँच अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपियाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको तुलनामा २३ प्रतिशत धेरै हो ।

Advertisement

Advertisement

Advertisement