सिटी एक्स्प्रेसद्वारा आठौं हप्ताको विजेता घोषणा

Advertisement

काठमाडौंः सिटी एक्स्प्रेस मनी ट्रान्सफरले आफ्नो उत्सव एक्स्प्रेस योजनाको आठौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले विद्युतीय गोलाप्रथामार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा निर्मल सापकोटा, कमला भण्डारी, प्रेमबहादुर नेपाली, दिवस भट्टराई, छबिलाल थापा, मदनकुमार राई र चेतकुमारी सिग्देल छनोट भएका छन् ।

त्यसैगरी ओप्पो फोन विजेताका रुपमा रुपन्देहीका जयलाल न्यौपाने छनोट भएका छन् । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना सञ्चालनमा ल्याएको थियो ।

सिटी एक्स्प्रेसले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्नेछन् ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि छनोट हुनेछन् । उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुनसक्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement