सेयर बजारको गिरावट किन रोकिएनः अन्जनराज पौड्यालको विश्लेषण

Advertisement

काठमाडौंः नेपाल स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौड्यालले निर्वाचनको महत्वपूर्ण संघारमा पनि सेयर बजार घट्नु स्वाभाविक नभएको बताउँछन् ।

तिहारपछि लगातारजसो ओरालो लागेको बजार आइतबार २६ अंकभन्दा बढिले घटेपछि विशेषगरी साना लगानीकर्ताहरुमा निराश बनेको बेला पौड्यालले कर्पोरेट नेपाललाई बजार अब धेरै तल जाने अवस्था नरहेको बताए ।

उनी भन्छन– तिहारपछि लगातार बजार ओलारो लाग्यो । त्यो भएर लगानीकर्तामा कन्फिडेन्स लुज भएको छ । उनीहरु पर्ख र हेरको स्थितिमा रहेको र ठूलो बायर (लगानीकर्ता) पनि नआएको अवस्थामा तत्कालै बजार बढिहाल्छ भन्न सकिन्ने अवस्था छ्रैन । धेरै घटिसकेकोले अझै घटने संभावना पनि मैले देख्छिन । अब केही दिन स्टाबल (स्थिर) रहला ।

पौड्यालले दशैं तिहारपछि बजार खुल्दा सेयर बजार बढ्ने नगरेको बताउँदै विगतमा बर्षमा जस्तो यस बर्ष विशेषगरी बैंकिङ बिमा कम्पनीहरुबाट बोनस सेयरको घोषणा गर्ने कुरा अघिकांशले यसअघि नै गरिसकेकोले त्यसको प्रभाव बजारमा रहेको बताए ।

साथै, निर्वाचनको अहिले माहौल रहे पनि निर्वाचन कस्तो हुन्छ ? कस्तो परिणाम आउँछ ? को सरकारमा आउँछ भन्ने एकथरी मानिसहरुमा चासो रहेको र अर्कोतर्फ बजारमा तरलताको समस्या अझै पूर्णरुपमा समाधान नभएको, बैंकहरुको ब्याजदर अपेक्षा अनुसार नघटेकाले पनि त्यसको प्रभाव सेयर बजारमा परेको उनको विश्लेषण छ ।

Advertisement

Advertisement

Advertisement