उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, दुईको रद्द, चारको खारेज, २५८ जनाको उम्मेदवारी फिर्ता

Advertisement

 

काठमाडौँ: दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान गरेको छ ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएकामध्ये मनोनयनपत्र रित पुगेका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट आज निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ७४७ जनाको उम्मेदवारी परेको थियो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त पछिल्लो जानकारीअनुसार उम्मेदवारी दर्ता दिएकामध्ये दुईजनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५८ को उम्मेदवारी फिर्ता भएको जनाइएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवारको अन्तिम विवरण भने आउन बाँकी रहेको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement