प्रधानमन्त्री देउवाको सुरक्षा प्रमुखहरुसंग निर्वाचन सुरक्षा तयारीबारे छलफल

Advertisement

काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकमा आसन्न संघ र प्रदेशको निर्वाचनको सुरक्षा तयारीका विषयमा केन्द्रित भएर छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षा तयारी, सम्भावित सुरक्षा चुनौती र आवश्यक रणनीतिका विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले सुरक्षाको वर्तमान अवस्था र निर्वाचनका लागि तय गरिएको सुरक्षा रणनीतिबारे बैठकमा जानकारी गराएका थिए ।

Advertisement

Advertisement

Advertisement