भ्रष्टाचारको आरोप लागेका साउदीका राजकुमार मंसुर बिनको हेलिकप्टर दूर्घटनामा मृत्यु

Advertisement

रियाद: साउदी अरवको यमनको सिमा नजिक हेलिकप्टर दुर्घटना हुँदा एक साउदी राजकुमारको मृत्यु भएको छ ।
घटनामा राजकुमार मंसुर बिन मुकरिनसहित अन्यकेहि उच्च सरकारी अधिकारीहरुको मृत्यु भएको समाचार अरवको सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ।

राजकुमार मंसुर बिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।

हेलिकप्टर दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो ।

एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।

दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो ।

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

 

Advertisement

Advertisement

Advertisement