यात्रु बोकेको नेपाल एयरलाइन्सको विमान सामान्य दुर्घटनामा

Advertisement

काठमाडौँ: भैरहवाको गौतम वुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान सामान्य दुर्घटनामा परेको छ ।

उडान भर्ने क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटनाग्रस्त भएको हो । आर ए नाइन एन ए के एस कल साइन भएको जहाज भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी तयारी गर्दै थियो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको विमान स्थल प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन्द गरिएको प्रहरीले जनाएको छ ।

जहाज निगमले यस अघि अयोग्य ठहर्‍याएर बर्खास्त गरेका बरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईले चलाएका थिए ।

उनलाई उडानमा लापरबाही गरेको आरोपमा गत जेठमा निगमले वर्खास्त गरेको थियो तर पछि सर्बोच्चमा रिट हालेर जितेर आएपछी पुनः बिमान उडाउन थालेका थिए।

 

Advertisement

Advertisement

Advertisement