चेल्सीद्वारा म्यान्चेस्टर युनाइटेड १-० गोलले पराजित

Advertisement

एजेन्सीः इंग्लिस प्रिमिएर लिग अन्तर्गतको खेलमा चेल्सीद्वारा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गए राति भएको खेलमा चेल्सीसँग युनाइटेड १-० गोल अन्तरले पराजित भएको हो ।

अल्भारो मोराटाको गोल मद्दतमा चेल्सीले युनाइटेडलाई पराजित गरेको हो । मोराटाले ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । जितपछि चेल्सीले म्यानचेस्टरसँगको दूरी एक अंकमा छोट्याएको छ । साथै म्यानचेस्टर सिटीले आर्सनललाई ३-१ ले पराजित गरेको छ ।

लिग तालिकामा सिटी ३१ अंकका साथ शिर्ष स्थानमा रहेको छ, भने म्यानचेस्टर युनाइटेड र टोटनहमको समान २३ अंक रहेको छ । जितसँगै चेल्सी २२ अंकका साथ चौंथोमा र लिभरपुल १९ अंकका साथ पाँचौं स्थानमा छ ।

म्यानचेस्टरका लागि पछिल्ला केही खेल खराव रहेका छन् । लिभरपुलसँग बराबरी र हडर्सफिल्डसँग हारयता म्यानचेस्टरले अहिले चेल्सीविरुद्ध हार बेहोरेको हो । आइतबार रातिनै भएको अर्को खेलमा एभरटनले वाटफोर्डलाई ३–२ ले पराजित गर्यो ।

Advertisement

Advertisement

Advertisement