नक्कली सरकारी कागजात र प्रमाणपत्र बनाउने गिरोह प्रहरीको फन्दामा

Advertisement

काठमाडौंः नक्कली सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, नेपाली सेनाको परिचयपत्र बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा गिरोहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त गिरोहले यस्ता अवैध कागजपत्रहरु बनाई सर्वसाधारणबाट रकम अशुल्दै आएको थियो । यही कात्तिक १६ गते महाराजगञ्जबाट शालिकराम अधिकारी र बानेश्वरबाट यज्ञराज कार्कीलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अधिकारी र कार्कीबाट यातायात व्यवस्था कार्यालय बागमतीको अँग्रेजी लिपीको स्ट्याम्प, नेपाल आर्मी लेखिएको होलो ग्राम, नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिहरूको नामको सवारी चालक अनुमती पत्र, उच्च माध्यमिक शिक्षा परिषद प्रभिजनल सर्टिफिकेट, एसएलसी मार्क सिट, त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट, चारित्रिक चारित्रिक प्रमाणपत्र, विभिन्न संस्थाहरूको रवर स्ट्याम्प, यातायात व्यवस्था कार्यालयको खाली सवारी चालक अनुमतिपत्रको कार्ड, शाखा अधिकृत लेखेको रवर स्ट्याम्प लगायतका कागजातहरू बरामद भएको छ ।

धादिङ निलकण्ठ ९ स्थायी घर भई हाल महाराजगञ्जमा कल्की फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४० बर्षीय अधिकारीले सर्वसाधारबाट मोटो रकम असुल गरि विभिन्न सरकारी कार्यालयको कागजात, नेपाली सेनाको परिचयपत्र, सवारी चालक अनुमतिपत्र, विभिन्न शैक्षिक संस्थाहरूको शैक्षिक योग्यताको प्रमाणपत्रहरू साथै सरकारी कार्यालयको होलोग्राम समेत बनाउन सक्रिय ।

त्यस्तै, संखुवासभा माडी १ का ३२ बर्षीय कार्कीले अधिकारीले तयार गरेका नक्कली कागजात तथा प्रमाणपत्रहरु बितरण गर्न सक्रिय रहँदै आएका थिए । दुवैले मुलुकी ऐन किर्ते कागजको महलको १ नं। परिभाषित कसुर विपरितको कार्य हुदा सोही महलको १२ नं। बमोजिम १ बर्ष कैद सजाय हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement