राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

Advertisement

काठमाडौंः प्रभु बैंक र राष्ट्रिय सहकारी संघका सञ्चालकसमेत रहेका दक्ष पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष नियुक्त भएका छन् । सरोज शर्माले लगातार दुई कार्यकाल काम गरेर बाहिरिएपछि खालि रहेको सहअध्यक्ष पदमा सरकारले पौडेललाई नियुक्ती गरेको हो ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि नियुक्त गरेको हो । काँग्रेस निकटका पौडेल प्रभु ग्रुपका प्रभावशाली सदस्य पनि हुन । बोर्ड सहकारीका नीति नियम बनाउने सरकारी निकाय हो ।

Advertisement

Advertisement

Advertisement