अन्तर्राष्ट्रिय विमानस्थलबाटै बाहिरिए नकावधारी !

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा व्यवस्था छिचोल्दै एक नकावधारी सोमबार बाहिरिएका छन् । बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट काठमाडौं आएका उनलाई विमानस्थलमा नकावसहित देखेपछि सर्वसाधारणले चासो र डरसहित हेरिरहेका थिए ।

तर ती नकावधारी कुनै आतंकवादी वा अपराधी नभई नेपालमा रेस्लिङ खेल्न आएका भारतका रेस्लर हुन । यही कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठूलो जनता माविमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता खेल्न भारतबाट आएका यी खेलाडी नकावसहित विमानस्थलबाट बाहिरिएका थिए ।

उक्त प्रतियोगिमा नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि आठ देशका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग म्याच, सिंगल्स, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला तथा पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् । यो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ र डिसहोमको संयुक्त आयोजनमा हुन लागेको हो ।

Advertisement

Advertisement

Advertisement