दुई पाङ्ग्रेमा बिहानै कलेज हुँइकेका १२५ बिद्यार्थी ट्राफिक प्रहरीको फन्दामा

Advertisement

काठमाडौँ: ललितपुर कुमारीपाटी क्षेत्र मंगलबार बिहान सधैभन्दा अलि फरक देखिन्थ्यो किनभने त्यहाँ ट्राफिक प्रहरीको बाक्लै उपस्थिति अनि केही संचारकर्मीलाई निम्ता। कुरा के हो भनेर पहिले केही थाहा थिएँन पछि एकाएक ट्राफिक प्रहरीले बिद्यार्थीले चलाएका दुई पाङ्ग्रे समात्न थालेपछि थाहा भो प्रहरीको छड्के चेकिङ्ग रहेछ भनेर ।

बिहान ६:१० बजेदेखि ट्राफिक प्रहरीले सुरु गरेको आकस्मिक चेकिङ्ग जसको निसानामा थिए कलेजका बिद्यार्थीहरु जो सवारी चालक अनुमति पत्रबेगर दुई पाङ्ग्रे चलाउँछन् ।

ललितपुर कुमारीपाटी, बालकुमारी क्षेत्रभएर दुई पाङ्ग्रे चलाउने १२५ बिद्यार्थी नभन्दै ट्राफिक प्रहरीको छड्केमा परे र उनीहरु कलेजजान बाट बन्चित भए।

ललितपुर ट्राफिक प्रहर प्रमुख सिताराम हाछेथुको निर्देशनमा गरिएको उक्त छड्केमा करिव १२५ जना विद्यार्थी कारवाहीमा परेका हुन् ।

ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो ।



‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’

कारवाहीमा पर्ने विद्यार्थीहरुले लाइसेन्स बिना सवारी चलाएको, तीव्र गतिमा सवारी चलाएको, मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र दुई जनाभन्दा बढी सवार भएकालाई करिवाही गरिएको हाछेथुले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement