माछापुच्छ्रेको पहिलो त्रैमासको मुनाफा २८ करोड माथि, प्रतिशेयर आम्दानी १४ रुपियाँ ३५ पैसा

Advertisement

काठमाडौं: चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले २८ करोड ९ लाख ५९ हजार रुपियाँ खुद मुनाफा कमाउन सफल भएको छ।
यो मुनाफा गत वर्षको यही त्रैमासको तुलनामा १३ दशमलव ७७ प्रतिशतले धेरै हो। गत वर्षको यही त्रैमासमा बैंकले २४ करोड ६९ लाख ५१ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

बैंकले आफ्नो पहिलो त्रैमासको बित्तिय रिपोर्ट सार्वजनिक गर्दै बानीको खुद ब्याज आम्दानी पनि १४.३६ प्रतिशतले बढेको र ६१ करोड २१ लाख ३६ हजार रुपियाँ ब्याजबाट आएको देखाएको छ । गत वर्ष बैंकले ब्याजबाट ५३ करोड ५२ लाख ७१ हजार रुपियाँ आम्दानी गरेको थियो ।

बैंकको निक्षेप ५८ अर्बबाट ६० अर्ब ३० करोड १२ लाख ९८ हजार रुपियाँ पुगेको छ भने ५४ अर्ब ४२ करोड १८ लाख ८१ हजार रुपियाँ कर्जामा लगानी गरेको देखाएको छ ।

बैंकको हाल खराब कर्जा घटेर ०.४५ प्रतिशततमा पुगेको छ भने गएको वर्ष खराब कर्जा ०.५४ प्रतिशत थियो । त्यस्तै, बैंकको कस्ट अफ फन्ड दोब्बर भन्दा धेरैले बढोत्तरी भएर सात दसमलव १७ प्रतिशत भएको छ ।

गत वर्ष कस्ट अफ फन्ड ३.७५ प्रतिशत रहेको थियो । यस्तै, कर्जा निक्षेप अनुपात पनि ७६.०८ प्रतिशतबाट बढेर ७९.५३ प्रतिशत भएको छ । माछाको इक्विटीमा प्रतिफल १२.१३ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ९६ लाख १९ हजार रुपियाँ पुगेको छ । रिजर्भ कोषमा भने १ अर्ब २२ करोड ८१ लाख २७ हजार रुपियाँ छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ बढाउनुपर्ने देखिन्छ । गत वर्ष माछाको चुक्ता पुँजी ४ अर्ब ६६ करोड ६४ लाख ३० हजार रुपियाँ मात्र थियो ।

चुक्ता पुँजी पुर्याउन बैंकले साउन ५ देखि भदौ ७ गतेसम्म ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । बैंकले हकप्रद शेयरपछि कायम हुने चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यता, बैंकको प्रतिसेयर आम्दानीमा भने ६ रुपियाँ ८२ पैसाले कम भएर १४ रुपियाँ ३५ पैसामा सीमित भएको छ ।

Advertisement

Advertisement

Advertisement