सेयर बजारमा गिरावट अझै रोकिएन, नेप्से एकल अंकले झर्यो

Advertisement

काठमाडौंः तिहारदेखि नै जारी रहेको सेयर बजार ओरालो लाग्ने क्रम मंगलबार पनि रोकिएन । आज नेप्से करिव नौ अंकले झरेर एक हजार ४८४ दशमलव ४५ अंकमा आइपुगेको छ ।

मुलुकमा चुनावी माहौलले गर्दा आर्थिक क्रियाकलापहरुमा निकै वृद्धि भए पनि त्यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा नदेख्दा लगानीकर्ता चिन्तित भएका छन् । कारोबार रकममा पनि अझै खासै सुधार आउन नसक्नुले लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बुझिन्छ ।

अधिकांश बैंक वित्तीय संस्थाले गत बर्ष नै पुँजी योजनालाई पूरा गरेको र बाँकी रहेकाहरुले पनि यसअघि नै घोषणा गरिसकेकाले लगानीकर्ताहरु सेयर खरिदमा खासै आकर्षित नभएको विश्लेषकहरुको भनाई छ । त्यसमाथि निर्वाचन र यसको परिणामको अन्योलता र बैंकहरुले ब्याजदरमा कमी नगर्दाको प्रभाव पनि लगानीकर्तामा परेको हुनसक्ने उनीहरुले विश्लेषण गर्दै आएका छन् ।

आजको समूहगत कारोबार हेर्दा व्यापारबाहेक सबै समूह ओरालो लागेको छ । सबैभन्दा बढि गिरावट होटल समूहमा दुई प्रतितभन्दा बढि छ भने बाँकी समूहमा एक प्रतिशतभन्दा कमको गिरावट छ ।

Advertisement

Advertisement

Advertisement