राष्ट्र बैंकले विहीबार पुनः विकास ऋणपत्र जारी गर्ने

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले कात्तिक २३ गतेदेखि पुनः पाँच अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यद्वारा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनि, सुचिकृत सस्था एवम आम नेपाली नागरिक समेतले खरिद गर्न सक्ने गरी 'विकास ऋण पत्र २०८२ ख' विक्री गर्न लागेको हो ।

निष्काशन मिति २०७४ कात्तिक २४ गते र साँवा भुत्तानी मिति २०८२ कात्तिक २४ गते तोकिएको ऋण पत्र खरिदका लागि यहि विहीबार अपराह्न दुई बजेसम्म नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा निवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार अर्धबार्षिक रुपमा ब्याजदर भुक्तानी हुने र आर्जित ब्याजमा ब्याज कर लाग्ने ऋणपत्र खरिदका लागि खरिदकर्ताहरुले प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी समुहअन्तर्गत रहेर बोलबोलक पेस गर्न सक्नेछन् ।

प्रतिसपर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात चार सय करोड र एक सय करोड रुपियाँ छुटट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुटट्याइएको रकममा पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धीलाई बोलवालाहरुलाई बिक्री गरिने र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुटट्याइएको रकम भन्दा बढी रकमको बोल प्राप्त आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार भाग गर्दा निः शेष भाग जाने अंकसम्मको अधिनमा रहेर ऋणपत्र खरिद गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार कर्जा प्रयोजनको लागि धितोमा समेत राख्न सकिने उक्त ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष भित्र एक खर्ब ४५ अर्ब रुपियाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको र सोहिअनुरुप उत्त ऋणपत्र जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement