प्रभुको मुनाफामा गत बर्षकोभन्दा ११.२३ प्रतिशतले कमी

Advertisement

काठमाडौंः चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख ३९ हजार रुपियाँ मुनाफा कमाउन सफल भएको छ । तर, यो मुनाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ११ दशमलव २३ प्रतिशतले कम हो ।

बैंकले गत बर्षको सोही अबधिमा २८ करोड २४ लाख ६४ हजार रुपियाँ मुनाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने नौ दशमलव ६६ प्रतिशतले वृद्धि हुदै ५१ करोड ३४ लाख ५४ हजार रुपियाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४६ करोड ८२ लाख १७ हजार रुपियाँ भएको थियो ।

बैंकले तीन महिनाको अबधिमा ८२ अर्ब ८४ करोड ३४ लाख २६ हजार रुपियाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ६६ अर्ब ७६ करोड ७९ लाख ५१ हजार रुपियाँ छ । जुन गत वर्षको तुलनामा क्रमशः २६ दशमलव ८७ प्रतिशत र २९ दशमलव ०३ प्रतिशतले वद्दि भएको हो । बैंकको सञ्चालन नाफामा भने गत बर्षको तुलनामा १८ दशमलव ७८ प्रतिशतले वृद्दि भएको छ । बैंकले गत वर्ष बैंकको सञ्चालन नाफा १९ करोड ९६ लाख ७३ हजार रुपैयाँ थियो भने यो बर्ष २३ करोड ७१ लाख ९० हजार रुपियाँ गरेको छ ।

बैंकको रिजर्भ कोषमा दुई अर्ब ७६ करोड ६४ लाख ७३ हजार रुपियाँ जम्मा भएको छ । रिजर्भ कोष गत वर्षको भन्दा तीन सय ९८ दशमलव ७१ प्रतिशतले बढी हो । बैंकको चुक्ता पुँजीमा भने यो त्रैमासमा पनि गत वर्ष जस्तै पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement