त्रिभुवन विमानस्थलबाट दुई किलो चरेससहित युक्रेनी नागरिक पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले दुई किलो लागु औषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट एक युक्रेनी नागरिकलाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरोले मंगलबार दिउसो एक बजे ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिमानस्थलबाट जेट एयर वेजको ६५२ नं.को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेको अवस्थामा युक्रेनी नागरिक ओलेक्सिल लोलेन्कोलाई पक्राउ गरेको हो।

प्रहरीले उनले बोकेको पासपोर्ट नं. एफ जी ९२१७८१ समेत नियन्त्रणमा राखेको छ। प्रहरीलाई शंकालागि चेकजाँच गर्दा सुटकेशभित्र रहेको स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको दुई किलो लागु औषध चरेश फेला परेको प्रहरीले जनाएको छ । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement