एएफसी छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल ओमनसँग पराजित

Advertisement

काठमाडौः एएफसी यु-१९ एसियन छनोट चरण प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गर्यो भने दोस्रो हाफमा थप दुई गोल थप्यो । प्रतियोगितामा चार खेल खेलेको नेपालले सबै खेलमा पराजित भयो । खेलेका चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४-० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग १-० ले गोलअन्तरको पराजित भएको थियो ।

Advertisement

Advertisement

Advertisement