युएईविरुद्दको खेलका लागि २८ खेलाडी प्रारम्भिक प्रशीक्षणमा

Advertisement

काठमाडौंः अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलीको प्रारम्भिक खेलाडी छनोट भएका छन् । युएईविरुद्द हुने खेलका लागि २८ सदसिय खेलाडी छनोट गरिएको हो ।

प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्काका साथै आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम सहितको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रारम्भीक छनोट गरेर प्रशीक्षणमा बोलाएको हो । टोलीको प्रशिक्षण आजबाट सुरु हुने जनाइएको छ ।

मलेसियामा हुने एसीसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि टोलीमा समावेश गरिने बताइएको छ । नेपाल र युएईबीचको खेल मंसिर २० र २२ गते अबुधावीमा हुनेछ । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको छ ।

छनोटमा परेका खेलाडीहरु यसप्रकार रहेका छन्ः पारस खड्का (कप्तान, ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, सुसन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, नरेश बुढाऐर, मेहबुब आलम, कुशल भुर्तेल, दिलिप नाथ, सौरभ खनाल, अनिल मण्डल, हसिम अन्सारी, विक्रम शोव, सुनिल धमला, शक्ति गौचन, सिद्धान्त लोहनी छन् भने दुई खेलाडी एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेहरु पर्नेछन् ।

Advertisement

Advertisement

Advertisement