मुक्तिनाथको नबिकेको हकप्रद शेयर लिलामी विक्रीको लागि आवेदन खुल्यो

Advertisement

काठमाडौं : मुक्तिनाथ विकास बैंकले विहीबारबाट एक लाख ६२ हजार ८०३.०४ कित्ता हकप्रद शेयर लिलामी बिक्री खुला गरेको छ ।

मुक्तिनाथले संस्थापक समूहको २७ हजार ७६५.५१ कित्ता र सर्वसाधारण समूहको एक लाख ३५ हजर ३७.०४ कित्ता शेयर लिलामीका लागि राखेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक ३० गतेसम्म रकेहो छ । यसपटक नेपाल नेपाल धितोपत्र बोर्डको निर्देशनपछि मुक्तिनाथले उपत्यकाबाहिरबाट पनि लिलामी शेयर भर्न सकिने व्यवस्था गरेको छ ।

यसबाट राजधानी बाहिरका लगानीकर्तालाई निकै ठूलो राहत पुग्ने भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौ तथा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादीबाट आवेदन बुझाउन सक्नेछन् ।

लिलामी बिक्री पूर्व बैंकले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा १८ हजार ९१० जना शेयरधनीले ६० लाख ८ हजार ६२ कित्ता हकप्रद शेयरका लागि मात्र आवेदन दिएपछि बाँकी दावी नभएको वा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।

उपत्यकाबाहिर भने मुक्तिनाथको शाखा पृथ्वीचोक ९ पोखरा, वीरगन्ज र बुटवल शाखाबाट लिलामीको आवेदन फारम बुझाउन पाइनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामी सेयरमा आवेदन दिन सकिनेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपार्ट अनुसार मुक्तिनाथको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार रुपियाँ छ । लिलामी शेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्नेछ । यो बैंकले गत वर्षको नाफाबाट हकप्रद सेयरले समेत पाउने गरी २०% बोनस सेयर र १.०५५ नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ । यो प्रस्तावलाई बैंकको साधारण सभाले पारित गर्न भने बाँकी छ ।

बोनस सेयरले बैंकको चुक्ता पुँजी थप बढाउनेछ । मुक्तिनाथले चालु आवको प्रथम त्रैमासमा १३ करोड ५४ लाख ४७ हजार रुपियाँ खुद नाफा गरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपियाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १४२ रुपियाँ १३ पैसा छ ।

Advertisement

Advertisement

Advertisement