नागढुङ्गा- नौविसे सुरूङ निर्माण प्रक्रियाका लागि जग्गा प्राप्तिको सूचना जारी

Advertisement

काठमाडौं: सरकारले नागढुङ्गा-नौविसे सुरूङमार्ग निर्माण कार्यलाई अघि बढाउन जग्गा प्राप्तिको प्रक्रिया शुरू गरेको छ । सुरूङ मार्ग निर्माणका लागि जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवार ३० दिने सूचना जारी गरेसँगै उक्त आयोजना अगाडि बढेको हो ।

यस्तै तोकिएको ३० दिने म्यादमा कुनै दाबी नआएमा कानूनबमोजिम उक्त खण्डमा कसैको हक नलाग्ने कार्यालयले उल्लेख गरेको छ ।

सरकारले करीब १७ अर्बको लागतमा काठमाडौंको थानकोट–नागढुङ्गादेखि धादिङ जिल्लाको नौबीसेमा पर्ने झ्याप्ले खोलासम्म उक्त सुरुङमार्ग’ निर्माण गर्ने योजन बनाइसकेको छ ।

जापान सरकार (जाइका) को प्राविधिक र ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण गर्ने तयारी गरिएको छ । उक्त मार्गको सुरुङखण्ड करीब साढे २ किलोमिटर लामो हुनेछ ।

Advertisement

Advertisement

Advertisement